सुन पसललाई प्रहरीले भन्यो– ‘बिल बिनाका सामान किनबेच नगर्नुहोला’

लोकपथ
497
Shares

काठमाडौं । जिल्ला प्रहरी परिसर काठमाडौंले बिलबिजक नभएको सामानहरू खरिद नगर्न व्यवसायीहरूलाई अनुरोध गरेको छ । 

प्रहरी प्रवक्ता एसपी अपिलराज बोहराले हालैको जेनजी प्रदर्शनका क्रममा राजधानीका विभिन्न सरकारी कार्यालय, बैंक तथा व्यक्तिगत घरमा भएको आगजनी, तोडफोड र चोरी लुटपाटका घटनामा बहुमूल्य सुनचाँदीका गरगहनाहरू चोरी भएको जानकारी दिएका छन् ।

‘उक्त आपराधिक समूहले लुटिएका गरगहना राजधानीका सुनचाँदी पसलमा ल्याउन सक्ने सम्भावना छ, त्यसैले बिलबिना सुनचाँदीका सामान खरिद नगर्न व्यवसायीहरूसँग अनुरोध गर्दछौँ,‘एसपी बोहराले भने।

प्रहरीले यस्ता गतिविधि सम्बन्धी कुनै जानकारी पाएमा तत्काल प्रहरीलाई खबर गर्न र सूचनाको अवज्ञा भएमा प्रचलित कानुन अनुसार कारबाही हुने चेतावनीसमेत दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?