वाणिज्य बैंकहरुको नयाँ व्याजदर सार्वजनिक, कुनको बढ्यो, कुनको घट्यो ? [सूचीसहित]

लोकपथ
5.9k
Shares

काठमाडौं । हाल कायम रहेका २० वटा वाणिज्य बैंकहरुले नयाँ व्याजदर सार्वजनिक गरेका छन् ।

असोज महिनाका लागि सार्वजनिक गरिएको व्याजदर अनुसार केही बैंकहरुले व्याजदर घटाएका छन्, केहीले व्याजदर बढाउँदा केहीले भने बैंकले भने व्याजदर स्थिर राखेका छन् ।

गत भदौ महिनामा ५ दशमलव ५७७ प्रतिशत बिन्दु रहेको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम औसत व्याजदर असोजमा घटेको हो । अहिले ५ दशमलव ४६३५ प्रतिशत बिन्दुमा झरेको तथ्यांकले देखाएको छ । यस अवधिमा व्याजदर ० दशमलव ११ प्रतिशतले घटेको हो ।

तथ्यांक अनुसार २० वटा वाणिज्य बैंकहरुमध्ये ९ वटा वाणिज्य बैंकहरुले व्याजदर घटाएका छन् । ९ बैंकहरुले ब्याजदर यथावत राखेका छन् भने भदै महिनाको तुलनामा असोजका लागि दुई बैंकको ब्याजदर बढेको छ ।

व्याजदर बढाउने २ बैंकमा स्ट्याण्डर्ड चार्टर्ड बैंक र लक्ष्मी सनराइज बैंक रहेका छन् । जसअनुसार स्ट्याण्डर्ड चार्टर्ड बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ५.१८ प्रतिशत र संस्थागत तर्फ २.७५ प्रतिशत ब्याज दिने भएको छ । यता व्याजदर बढाएको लक्ष्मी सनराइज बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ५.२५ प्रतिशत र संस्थागत तर्फ ४ प्रतिशत व्याज दिने भएको हो ।

यी हुन् व्याजदर यथावत राख्ने बैंकहरु

व्याजदर यथावत राख्ने निर्णय गरेका एनएमबी बैंक र हिमालयन बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ६ प्रतिशत र संस्थागत तर्फ ५ प्रतिशत व्याज दिने भएका छन् ।

प्रभु बैंकले व्यक्तिगत मुद्दती तर्फ ५.३५ प्रतिशत र संस्थागत तर्फ ३.२५ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ५.२५ प्रतिशत र संस्थागत तर्फ ४.२५ प्रतिशत व्याज दिनेछन् ।

सार्वजनिक नयाँ व्याजदर अनुसार सिद्धार्थ र राष्ट्रिय वाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ५.५ प्रतिशत र संस्थागत तर्फ ४ प्रतिशत ब्याज दिनेछन् भने ग्लोबल आईएमई बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ६ प्रतिशत र संस्थागत तर्फ ४.२५ प्रतिशत व्याज दिने भएको छ ।

यता माछापुच्छ्रे बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ६ प्रतिशत र संस्थागत तर्फ ४ प्रतिशत व्याज दिनेछ भने नबिल बैंकले साउनका लागि व्यक्तिगत मुद्दती निक्षेपमा ५.५ प्रतिशत र संस्थागत तर्फ ४.०५ प्रतिशत ब्याज दिने भएको छ ।

यी हुन् व्याजदर घटाउने बैंकहरु

असोजका लागि व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम व्याजदर घटाउने बैंकहरुमा एनआईसी एशिया, प्राइम कमर्सियल, एभरेष्ट, सानिमा बैंक, कुमारी बैंक, सिटिजन इन्टरनेशनल बैंक, कृषि विकास बैंक, नेपाल बैंक लिमिटेड र नेपाल एसबीआई बैंक रहेका छन् ।

जसअनुसार कृषि विकास बैंकले व्यक्तिगत तर्फको मुद्दती निक्षेपको व्याजदर अधिकतम ०.१५ प्रतिशत बिन्दुले व्याजदर घटाएको छ । बैंकले व्यक्तिगत मुद्दती तर्फ ५.०५ प्रतिशत र संस्थागत तर्फ ३ प्रतिशत ब्याज दिने भएको छ ।

यसैगरी कुमारीले बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ५.०१ प्रतिशत र संस्थागत तर्फ ४.०१ प्रतिशत व्याज दिने भएको छ भने एनआईसी एशिया बैंकले व्यक्तिगत तर्फ ६ प्रतिशत र संस्थागत तर्फ ५ प्रतिशत व्याज दिने भएको छ ।

एभरेष्ट बैंक व्यक्तिगत मुद्दती निक्षेपमा ५.२५ प्रतिशत र संस्थागत तर्फ ४.२५ प्रतिशत व्याज दिने भएको छ । सानिमा बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ५.२५ प्रतिशत र संस्थागत तर्फ ३.५ प्रतिशत ब्याज दिने भएको छ ।

त्यसैगरी नेपाल एसबीआई बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ५.५ प्रतिशत र संस्थागत तर्फ २.७५ प्रतिशत ब्याज दिने भएको छ । सिटिजन इन्टरनेशनल बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ५.२५ प्रतिशत र संस्थागत तर्फ ३ प्रतिशत ब्याज दिने भएको छ ।

प्रकाशित नयाँ व्याजदर अनुसार लागि प्राइम कमर्सियल बैंकले व्यक्तिगत मुद्दती निक्षेपमा ५.५ प्रतिशत र संस्थागत तर्फ ४ प्रतिशत व्याज दिने भएको छ । नेपाल बैंकले व्यक्तिगत तर्फ ५.२५ प्रतिशत र संस्थागत तर्फ ३.२५ प्रतिशत व्याज दिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?