तिनाउ नदीमा बाढी : तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह

लोकपथ
105
Shares

काठमाडौं । बुटवलस्थित तिनाउ नदीमा बाढी बढिरहेकाले नदी किनार र आसपासका बासिन्दालाई सतर्क रहन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ । 

जल तथा मौसम विज्ञान विभागले आज बिहान एक सूचना जारी गरी असोज १ गते बिहान ७ः५० बजे तिनाउ नदीमा बाढी बढिरहेकाले नदी किनार र आसपासका डुबान भइरहने ठाउँका बासिन्दालाई सतर्क रहन आग्रह गरेको हो । 

तिनाउ नदीमा बाढी बढिरहेको भन्दै विभागले मोबाइलमा एसएमएस पठाएर पनि नदी किनार र आसपासका डुबान भइरहने ठाउँका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । 

पाल्पा,रूपन्देही लगायत आसपासका क्षेत्रमा विगत केही दिन यता वर्षा भइरहेको छ भने गत रातिदेखि निरन्तर वर्षा जारी छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?