बागमतीका सभामुख पाठकले दिए राजीनामा, भने– ‘राष्ट्र रोएका बेला पदमा बसिरहन उचित ठानिनँ’

लोकपथ
2.4k
Shares

काठमाडौं । बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले राजीनामा बुझाएका छन् । पाठकले आज बुधबार उपसभामुख अप्सरा चापागाईंलाई राजीनामा पत्र बुझाएका हुन् ।

जेनजीहरूको आन्दोलन चर्किएपछि उनले गत २४ भदौमा सामाजिक सञ्जालबाट राजीनामा घोषणा गरेका थिए । आफूले यसअघि नै राजीनामा घोषणा गरे पनि कानुनी प्रक्रिया पूरा गर्न अनुकूल नभएको पत्रमा उल्लेख गरेका छन् ।

उनको राजीनामापत्रमा भनिएको छ, ‘नेपालको संविधान र प्रदेश सभा नियमावली २०७४ बमोजिम बागमती प्रदेश सभाको सभामुख पदबाट राजीनामा गरेको छु ।’ 

उनले राष्ट्र रोएको बेला नेपाली जनताको चाहाना र युवा पुस्ताको भावनाविपरीत पदमा बसिरहन अनुचित लागेको बताएका छन् ।

पाठक राप्रपाबाट बागमतीको सभामुख बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?