भोलि देशभर राष्ट्रिय शोक, आधा झण्डा झुकाइने

लोकपथ
924
Shares

काठमाडौं । बुधबार सरकारले राष्ट्रिय शोक मनाउन सार्वजनिक बिदा दिएको छ ।

भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा शहीद भएकाहरुको सम्झनामा शोक बिदा दिइएको हो ।

गृहमन्त्रालय विज्ञप्ति जारी गर्दै शोक मनाउन सार्वजनिक बिदा दिइएको र राष्ट्रिय झण्डा आधा झुकाउन भनेको हो ।

गृहमन्त्रालयका अनुसार बुधबार नेपालभरका सरकारी कार्यालय, विदेशस्थित नेपाली दूतावास र नियोगहरुमा सार्वजनिक बिने र राष्ट्रिय झण्डा आधा झुकाउन आग्रह गरेको छ ।

जेनजी आन्दोलनका क्रममा मृत्यु भएकाहरुको आज राष्ट्रिय सम्मानका साथ अन्त्येष्टी गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?