काठमाडौं । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको विजयादशमी (बडादसैँ) टीकाको उत्तम साइत सार्वजनिक गरेको छ ।
समितिका अनुसार असोज १६ गते सोमबार बिहान ११ः५३ बजे टीका लगाउन शुभ रहनेछ ।
समितिले जनाएको अनुसार यस वर्षको दुर्गा पक्ष अर्थात् बडादसैँ असोज ६ गते सोमबारदेखि सुरु हुनेछ । सो दिनलाई नवरात्रारम्भ पनि भनिन्छ ।
त्यसै दिन घटस्थापनाको साइत बिहान ९ बजेर १३ मिनेटमा रहेको समितिले जानकारी दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया