फेसबुकबाटै हितेन्द्रले दिए कुलमानलाई बधाई

लोकपथ
1.3k
Shares

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्रीमा नियुक्त भएका कुलमान घिसिङलाई बधाई तथा शुभकामना दिएका छन् ।

मंगलबार दिउँसो सामाजिक सञ्जालमार्फत उनले ऊर्जा क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका घिसिङलाई मन्त्रीको जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्न शुभकामना व्यक्त गरेका हुन् ।

शाक्यले आफ्नो फेसबुकमा लेखेका छन्, ‘ऊर्जा क्षेत्रमा विशिष्ट योगदान दिनुभएका कुलमान घिसिङज्यू नयाँ नेपालको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री नियुक्त हुनुभएकोमा हार्दिक बधाई छ ।’

उनले नयाँ मन्त्रीको कार्यकाल ऊर्जा क्षेत्रको सफलता र समृद्ध नेपालको यात्रामा महत्त्वपूर्ण हुने विश्वास पनि व्यक्त गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?