जेनजी आन्दोलनमा ज्यान गुमाएकाहरुको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि [तस्बिरहरु]

लोकपथ
301
Shares

काठमाडौं । जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ ।

पोष्टमार्टम सकिएपछि सहिदको पार्थिव शरीर टिचिङ अस्पतालबाट शवयात्रा गरी आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको हो ।

पार्थिव शरीरमा गृहमन्त्री ओम प्रकाश अर्याल र ऊर्जामन्त्री कुलमान घिसिङले राष्ट्रिय झण्डा ओडाएर सम्मान गरेका थिए । राष्ट्रिय सम्मानपछि मृतकका आफन्तले आर्यघाटमा दाहसंस्कार गरेका छन् ।

ज्यान गुमाएका सहिदमध्ये ४ जनाको अन्त्येष्टि पशुपतिमा गरिएको छ भने ६ जनाको शव हेलिकोप्टरमार्फत काठमाडौं बाहिर अन्त्येष्टिका लागि लैजाने तयारी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?