करिब १५० किलो गाँजासहित ट्रक चालक पक्राउ

लोकपथ
518
Shares

काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–२ भैसेबाट करिब १ सय ५० किलोग्राम अवैध गाँजासहित एक ट्रक चालकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका-८ बस्ने ४१ वर्षीय वीरबहादुर तामाङ रहेका छन् ।

मंगलबार बिहान प्रहरी चौकी भैसेबाट खटिएको प्रहरी टोलीले पालुङबाट हेटौंडातर्फ आउँदै गरेको बा.२ ख ३२१९ नम्बरको ट्रक जाँच गर्ने क्रममा १२ पोका गाँजा फेला पारेको हो ।

फेला परेको गाँजा सहित चालकलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?