काठमाडौं । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका १० जनाको आज मंगलबार अन्त्येष्टि गर्ने तयारी भएको छ । त्रिवि शिक्षण अस्पतालमा रहेका ९ र पाटन अस्पतालमा रहेका १ जना गरी १० मृतकको अन्त्येष्टि गरिन लागेको हो ।
अन्त्येष्टिअघि शव गाडीमा राखेर नगर परिक्रमा गराइने भएको छ । सरकारले राष्ट्रिय सम्मानका साथ मृतकहरूको अन्त्येष्टि गर्ने निर्णय गरिसकेको छ ।
जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका केही मृतकको भने यसअघि नै दाहसंस्कार भइसकेको छ ।
नवनियुक्त गृह, कानुन न्याय तथा संसदीय मामिला मन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहणका क्रममा जेनजी आन्दोलनका क्रममा निधन भएकाहरूलाई शहीद घोषणा गर्दै राष्ट्रिय सम्मानसहित अन्त्येष्टि हुने बताएका थिए ।
हिजो सोमबार बसेको मन्त्रिपरिषद् बैठकले मृत्यु हुनेको परिवारलाई १० लाख क्षतिपूर्ति र अन्य खर्च बापत ५ लाख गरेर १५ लाख रुपैयाँ दिने निर्णयसमेत गरिसकेको छ ।
जेनजी आन्दोलनमा ७२ जनाको मृत्यु भइसकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया