काठमाडौं । नेपालमा मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले हाल देशभर मौसम बदली भएको छ। अरब सागर र बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको प्रभाव पनि सक्रिय रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
यसको प्रभावस्वरूप अहिले कोशी, मधेश र बागमती प्रदेशका थोरै स्थानमा तथा गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा वर्षा हुने पूर्वानुमान छ। साथै, कोशी, मधेश र बागमती प्रदेशका केही भागमा मध्यम वर्षा र सुदूरपश्चिमका थोरै ठाउँमा तथा बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका एक-दुई स्थानमा भारी वर्षा पर्ने सम्भावना छ।
आज राति पनि देशभर बदली रहने महाशाखाले जनाएको छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा र अन्य प्रदेशका थोरै भागमा मध्यम वर्षा हुने देखिएको छ।
बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा भारी वर्षा हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैलाई आग्रह गरेको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया