काठमाडौं । जेनजी आन्दोलनका क्रममा काठमाडौंसहित देशभरका सरकारी सम्पत्तिदेखि निजी सम्पत्तिमा समेत ठूलो क्षति भयो ।
भदौ २३ र २४ गते आन्दोलन उग्र बन्दा जलेका भवनहरुको सरसफाइ र मर्मत कार्य भइरहेको छ । सो क्रममा विभिन्न जलेका भवनहरुमा जलेका मानव अस्थिपञ्जरहरु फेला पर्न थालेका छन् ।
जिल्ला प्रहरी परिसर काठमाडौंले जलेको अवस्थामा मानव अस्थिपञ्जर फेला परेको र त्यसको पहिचान हुन नसकेको भन्दै सहयोगका लागि अपिल गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी एसपी अपिलराज बोहराले विज्ञप्ति जारी गर्दै ती अस्थिपञ्जरको पहिचानका लागि सहयोग गरिदिन आग्रह गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया