काठमाडौं । मनाङ प्रदेशसभा–२ का लागि आगामी कार्तिक १७ गतेका लागि तोकिएको उपनिर्वाचन भने नरोकिने भएको छ ।
निर्वाचन आयोग नेपालका प्रवक्ता सुमन घिमिरेले लोकपथलाई जानकारी दिँदै मनाङ प्रदेशसभा–२ को सन्दर्भमा कुनै निर्णय नभएकाले घोषित मितिमै निर्वाचन हुने पुष्टि गरे ।
‘प्रदेशको उपनिर्वाचनको सन्दर्भमा कुनै निर्णय नभएकाले पहिलेकै निर्णय कार्यान्वयन हुनेछ,’ घिमिरेले लोकपथसँग भने ।
यता रुपन्देही क्षेत्र नं ३ को उपनिर्वाचन भने रद्ध भएको छ । आज बसेको आयोगको बैठकले निर्वाचन रद्ध गरेको हो ।
यसअघि कार्तिक १७ गतेका लागि नै उपनिर्वाचन हुने मिति तय गरेर अन्य तयारी समेत गरिएको थियो । तर जेनजी आन्दोलनका कारण अन्तरिम सरकार गठन भएको छ । सुशीला कार्की नेतृत्वको सरकारले वर्तमान प्रतिनिधि सभा विघटन गरेर आगामी फागुन २१ गतेका लागि नयाँ निर्वाचनको मिति तोकेसँगै प्रतिनिधि सभा उपनिर्वाचन रद्ध भएको हो ।
मनाङ प्रदेश सभा २ बाट निर्वाचित राजीव गुरुङ उर्फ दिपक मनाङेको सांसद पद खारेज भएसँगै त्यहाँ उपनिर्वाचन हुन लागेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया