काठमाडौं । देशमा अन्तरिम सरकार गठन भएर नयाँ निर्वाचनको मिति तय भएसँगै पूर्वनिर्धारित रुपन्देही क्षेत्र नं ३ को उपनिर्वाचन र रद्ध भएको छ ।
निर्वाचन आयोगले आज त्यसबारे जानकारी दिँदै आगामी कार्तिक १७ गतेका लागि तोकिएको उपनिर्वाचन रद्ध गरेको हो । आयोगले बाँकी कामकारबाही अघि बढाउँदै कार्तिक १७ गते रुपन्देही क्षेत्र नं ३ मा उपनिर्वाचनको मिति तय गरेको थियो ।
जेनजी आन्दोलनपछि गत शुक्रबार सुशीला कार्कीको नेतृत्वमा नयाँ सरकार गठन भएको छ । प्रधानमन्त्री कार्कीको नेतृत्वमा गठन भएको सरकारले प्रतिनिधि सभा विघटन गरी आगामी फागुन २१ गतेका लागि नयाँ निर्वाचनको मिति तोकेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया