सुशीला कार्की प्रधानमन्त्री बनेपछि पहिलोपटक बस्यो मन्त्रिपरिषद् बैठक

लोकपथ
2.7k
Shares

काठमाडौं । सुशीला कार्की नेतृत्वको सरकार गठन भएपछि पहिलोपटक मन्त्रिपरिषद् बैठक बसेको छ ।

कार्की प्रधानमन्त्री भएपछि पहिलोपटक मन्त्रिपरिषद् बैठक बसेको हो ।

अहिले सिंहदरबारमा पहिलो मन्त्रिपरिषद् बैठक बसिरहेको हो ।

शुक्रबार कार्की प्रधानमन्त्री नियुक्त भएकी थिइन् । साथै आज तीन मन्त्री समेत नियुक्त भएका छन् ।

कुलमान घिसिङलाई उर्जा, रामेश्वर खनाललाई अर्थ र ओमप्रकाश अर्याललाई गृह मन्त्रालयको जिम्मेवारी दिइएको हो । तीनै जना मन्त्रीहरुले आज शपथग्रहणसँगै पदभार समेत ग्रहण गरिसकेका छन् ।

जेनजी आन्दोलनपछि नयाँ सरकार गठन भएको हो । कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाइएको हो । आगामी फागुन २१ गते नयाँ निर्वाचनको मिति तयसँगै वर्तमान प्रतिनिधि सभा समेत विघटन भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?