खुद्रे आयोजना हटाउँदा सय अर्ब बचत हुन्छ : अर्थमन्त्री खनाल

लोकपथ
6.5k
Shares

काठमाडौं । खुद्रे आयोजनाहरु अघि नबढाउने निर्णय गरेका नवनियुक्त अर्थमन्त्री रामेश्वर खनालले त्यस्ता आयोजनाहरु कार्यान्वयन नगर्दा १०० अर्ब रुपैयाँको स्रोत जोहो हुने बताएका छन् ।

अर्थ मन्त्रालयमा सोमबार पदबाहालीपछि अर्थका अधिकारीहरुसँगको छलफलमा उनले त्यस्ता आयोजनाहरु हटाउन कार्यदल गठन गर्ने पहिलो निर्णय गरिएको बताए ।

उनले यो ६ महिनाभित्र कुनै हालतमा निर्वाचन गर्नुपर्ने भएको अहिलेको बजेटमा त्यो प्रबन्ध गरिएको थिएन । त्यसैले खुद्रे आयोजना कटौती गरेर १ खर्ब जोहो गर्न लागिएको बताए । वर्तमान सरकार पूरक बजेटको सोचमा नरहेको समेत स्पष्ट पारे । राजनीतिक दबाबमा बजेटमा छिराइएका आयोजनाहरुलाई अघि नबढाइने उनले स्पष्ट पारे ।

 ’उनले करिब १०० जना युवाहरूको ज्यानको बलिदानपछि ठूलो परिवर्तनको अवस्था आएको भन्दै यो नासोलाई पूरा गर्ने जिम्मेवारी आफूहरुको काँधमा आएको समेत बताए ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?