नेपाललाई आतङ्कवादी हमला वा गृहयुद्ध भएका देशहरूको सूचीमै राखियो

के यो Gen-Z आन्दोलनको साइड इफेक्ट हो??

लोकपथ
30.3k
Shares

काठमाडौं । संयुक्त अरब इमिराट्स (UAE) को शारजाह इमिग्रेशनले नेपाललाई आतङ्कवादी हमला वा गृहयुद्ध भएका देशहरूको सूचीमा राखेको छ। यसलाई धेरैले हालै नेपालमा देखिएको Gen-Z आन्दोलनको साइड इफेक्टको रूपमा लिइरहेका छन् ।

यस निर्णयसँगै नेपाली नागरिकहरूले अब UAE भित्र पर्यटन भिसा लिन अझै कठिनाइ भोग्नुपर्ने देखिएको छ । गत वर्षदेखि नै दुबई र अबुधाबी इमिग्रेशनले नेपालीहरूलाई भिसा दिन कडाइ गर्दै आएका थिए। शारजाह इमिग्रेशनले भने केही सहज नीति अवलम्बन गर्दै AED 1000 डिपोजिट राख्ने सर्तमा भिसा दिने गरेको थियो । तर, आजदेखि लागू भएको नयाँ नियमसँगै शारजाहले पनि भिसा नीतिमा कडाइ गर्ने भएको छ ।

नेपालबाट दुबई भ्रमण गर्ने मुख्य सिजन सुरु हुने बेलामा आएको यस निर्णयले नेपाली ट्राभल एजेन्टहरूलाई ठूलो मार पर्ने भएको छ । विशेषगरी नेपाल–वेस्ट इन्डिज क्रिकेट खेललाई मध्यनजर गर्दै पहिल्यै प्रि-बुकिङ गरेका एजेन्टहरू समस्यामा पर्ने भएका छन् ।

विश्लेषकहरू भन्छन्, ‘दुबईजस्तो खुला देशले भिसामा यति धेरै कडाइ गरेपछि अन्य देशहरूले नेपाललाई कसरी हेर्ने हुन् र त्यसले समग्र नेपालकै पर्यटन क्षेत्रमा कस्तो असर पार्ने हो, त्यो त हेर्नै बाँकी छ। संसारकै कमजोर पासपोर्टमध्ये पर्नेतर्फ गनिने नेपाली पासपोर्ट अझै मूल्यहीन हुने देखिन्छ ।’

अन्तर्राष्ट्रिय स्तरमा बढ्दै गएको यो कडाइले नेपाली यात्रुहरू मात्र होइन, नेपालको छवि, अर्थतन्त्र र पर्यटन बजारमै दीर्घकालीन नकारात्मक असर पार्ने विश्लेषकहरूको निष्कर्ष छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?