कुलमानले भने– ‘जनताको सेवा गर्न आएको हुँ, मलाई माननीय नभन्नुहोला’

लोकपथ
448
Shares

काठमाडौं । नवनियुक्त उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले आफूलाई माननीय शब्दको प्रयोग नगर्न आग्रह गरेका छन् ।

सोमबार सिंहदरबारस्थित मन्त्रालयमा पुगेर मन्त्री घिसिङले आफू जनताको सेवा गर्न आएको बताउँदै माननीय शब्द प्रयोग नगर्न भनेका हुन् ।

‘हामी माननीय होइनौँ, सेवा गर्न आएका हौ । माननीय भन्ने शब्द कसैले प्रयोग नगर्दिनुहोला’, आग्रह गर्दै कुलमानले भने, ‘बरु मन्त्रीज्यू भन्नुहोला ।’

त्यस्तै उनले देशलाई सही दिशामा लैजान समृद्ध र राजनीतिक स्थिरताका लागि अघि बढाउने अभिभारा आएको बताए ।

आज राष्ट्रपति समक्ष शपथग्रहण गरेसँगै मन्त्री घिसिङ जेनजी आन्दोलनमा शहीद तथा घाइते परिवारलाई भेट्न पुगेर मात्रै पदभार ग्रहण गरेका थिए ।

उनले पहिलो निर्णयस्वरुप डेटिकेटेड र ट्रंकलाइन वापतको वक्यौता उठाउन निर्देशन दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?