जेनजी आन्दोलन : २३ जनाको शव आफन्तले बुझे, ७ जनाको शव चिन्न नसकिने अवस्थामा

लोकपथ
161
Shares

काठमाडौं । जेनजी आन्दोलनको क्रममा ज्यान गुमाएका २३ जनाको शव आफन्तले बुझेका छन् । त्रिवि शिक्षण अस्पतालमा पोस्टमार्टमपछि ती शव परिवारजनले अन्त्येष्टि गर्न लगेको अस्पताल स्रोतले जनाएको छ ।

फरेन्सिक विभागका प्रमुख डा. गोपाल चौधरीका अनुसार हालसम्म ४६ शव अस्पतालमा ल्याइएका छन् । तीमध्ये २३ जनाको शव आफन्तले बुझेर लगेका छन् भने सात जनाको शव चिन्न नसकिने अवस्थामा रहेकाले डीएनए परीक्षण आवश्यक हुने बताइएको छ।

‘शव गोली लागेको, जलेको र ब्लड इन्जुरी भएका छन् । चिन्न नसकिएका शव पहिचान गर्न दाँत परीक्षण र फिङ्गरप्रिन्ट परीक्षणको सहारा लिनुपर्छ,’ डा. चौधरीले जानकारी दिए ।

उनका अनुसार अस्पतालमा हाल २२ जना घाइतेको उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?