काठमाडौं । नवनियुक्त उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङ मृतकका आफन्त भेट्न अस्पताल पुगेका छन् ।
केहीबेरअघि मन्त्री घिसिङ त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुगेका हुन् ।
आजै घिसिङसहित ३ मन्त्रीले राष्ट्रपति रामचन्द्र पौडेलसँग पद तथा गोपनियताको शपथग्रहण गरेका थिए ।
पदभार ग्रहण अघि कुलमान शिक्षण अस्पताल पुगेर जेनजी आन्दोलनका क्रममा मृत्यु भएकाहरुको आफन्त भेट्न अस्पताल पुगेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया