काठमाडौं । नवनियुक्त मन्त्रीहरुको शपथग्रहण समारोहमा विघठित प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले बहिस्कार गरेका छन् ।
आज तीन मन्त्रीहरुले राष्ट्रपति भवन शितल निवासमा शपथग्रहण गरेका छन् । जहाँ राष्ट्रपति पौडेलसहित उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल समेत सहभागि रहेका थिए । यता सभामुख घिमिरे भने अनुपस्थित भएका हुन् ।
त्यसो त यसअघि शुक्रबार राति नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको शपथग्रहण समारोहमा समेत उपस्थित भएका थिएनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया