नवनियुक्त तीन मन्त्रीले लिए पद तथा गोपनियताको शपथ

लोकपथ
1.5k
Shares

काठमाडौं । नवनियुक्त तीन मन्त्रीहरुले पद तथा गोपनियताको शपथग्रहण गरेका छन् ।

राष्ट्रपति भवन शितलनिवासमा नवनियुक्त ३ मन्त्रीले शपथग्रहण गरेका हुन् ।

जसअनुसार गृहमन्त्रीमा अधिवक्ता ओमप्रकाश अर्याल, उर्जासहितका अन्य मन्त्रालयको जिम्मेवारीमा कुलमान घिसिङ र अर्थसहित अन्य मन्त्रालयको जिम्मेवारीमा पूर्वअर्थसचित रामेश्वरप्रसाद खनाल रहेका छन् ।

तीनै जनाले राष्ट्रपति रामचन्द्र पौडेल समक्ष पद तथा गोपनियताको शपथग्रहण गरेका हुन् ।

प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति पौडेलले तीन जनालाई आजै मन्त्री नियुक्त गरेका थिए । आजै नवनियुक्त मन्त्रीहरुले कार्यभार सम्हाल्ने समेत तयारी रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?