काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले वेस्ट इन्डिजसँग हुने टी–२० सिरिज खेल्ने नेपाली टोली घोषणा गरेको छ । क्यानले रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको हो ।
सिरिज सेप्टेम्बर २७, २९ र ३० मा युएईमा हुनेछ । उक्त सिरिजलाई क्यानले युनिटी नाम दिएको छ ।
टोलीमा रोहित पौडेलका अलावा दीपेन्द्रसिंह ऐरी (उपकप्तान), आसिफ शेख, लोकेश बम, कुशल मल्ल, आदिल आलम, आरिफ शेख, सन्दीप जोरा, करण केसी, सन्दीप लामिछाने, कुशल भुर्तेल, नन्दन यादव, गुल्सन झा, ललित राजवंशी, सोमपाल कामी र शाहव आलम छन् ।
आदिल आलम र सन्दीप जोराले भने पुनरागमन गरेका हुन् । उनीहरूले नेपाल ए टिममा उत्कृष्ट र आशालाग्दो प्रदर्शन गरेका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया