काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य अघिल्लो दिनको तुलनामा तोलामा १०० रुपैयाँले बढेको छ ।
आइतबार तोलामा २ लाख १५ हजार १०० रुपैयाँमा कारोबार भएको सुन सोमबार तोलामा २ लाख १५ हजार २०० रुपैयाँ पुगेको छ ।
यस्तै, चाँदीको मूल्य पनि तोलामा ५ रुपैयाँले बढेको छ । आइतबार तोलामा २ हजार ५७० रुपैयाँ कायम भएको चाँदी सोमबार तोलामा २ हजार ५७५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया