बालेनका प्रीय अर्याल गृहमन्त्री, उज्यालोका नायक कुलमान उर्जा र अर्थमा अर्थविज्ञ रामेश्वर खनाल

लोकपथ
3.8k
Shares

काठमाडौं । शुक्रबार राति अन्तरिम सरकारको प्रधानमन्त्री बनेकी प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिमण्डल गठनको काम थालेकी छन् ।

जसअनुसार विभिन्न क्षेत्रमा आ–आफ्नो क्षेत्रमा ख्याती कमाएका व्यक्तिहरुलाई मन्त्रालयको जिम्मा दिन लागेकी हुन् । प्रधानमन्त्री *कार्कीले तीन मन्त्रीको नाम टुंगो लगाएकी हुन् ।

फरक परिस्थितिमा देशको नेतृत्व गर्न पुगेकी प्रधानमन्त्री कार्कीले विज्ञता अनुसारको मन्त्रालयको जिम्मेवारी दिने तयारी गरेकी हुन् । अर्थ मन्त्रालयको जिम्मेवारी पूर्व अर्थसचिव रहेका रामेश्वर खनालले पाउने पक्का बनेको छ ।

उज्यालो नेपालका अभियन्ता समेत रहेका नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई उर्जासहित अन्य मन्त्रालयको समेत जिम्मेवारी दिने तयारी गरिएको छ । यता गृहसहित कानुन मन्त्रालयको जिम्मेवारी ओमप्रकाश अर्याललाई दिइने पक्कापक्की भएको छ । उनी काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ को मुख्य कानुनी सल्लाहकारको रुपमा काम गरेका थिए । साथै मेयर बालेनको समेत विश्वासपात्र मानिन्छन् ।

तीनै जना मन्त्रीहरुको सोमबार शपथको तयारी थालिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?