काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले प्रदर्शनका क्रममा क्रममा लुटिएका सामग्रीहरुको खोजीलाई तिव्रता दिएको छ ।
यसअघि नै प्रहरीले त्यस्ता सामग्रीहरु फिर्ता गर्न आग्रह गरेको थियो ।
आज एक सूचना जारी गर्दै सीआइबीले हालैको प्रदर्शनका क्रममा विभिन्न स्थानबाट लुटिएका सामग्रीहरु खरिदबिक्री गरिए वा सञ्चय गरिएको राखिएको पाइएमा कारबाही गर्ने बताएको छ ।
‘यस्ता चोरी तथा लुटपाट भएका सामग्रीहरुको खरिदबिक्री तथा सञ्चय गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही हुने व्यहोरा समेत जानकारी गराउँदछौँ,’ सीआईबीले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया