काठमाडौं । वरिष्ठ अधिवक्ता सविता भण्डारी महान्यायाधिवक्ता नियुक्त भएकी छन् ।
नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आइतबार भण्डारीलाई नयाँ महान्यायाधिवक्ता नियुक्त गरेकी हुन् ।
उनी नेपालको इतिहासमा पहिलो महिला महान्यायाधिवक्ता हुन् ।
त्यसो त आजै यसअघिका महान्यायाधिवक्ता रमेश बडालले राजीनामा दिएका थिए । राष्ट्रपति रामचन्द्र पौडेलले उनको राजीनामा स्वीकार गरेसँगै नयाँ महान्यायाधिवक्ता नियुक्त गरिएको हो ।
नवनियुक्त महान्यायाधिवक्ता भण्डारी वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीकी छोरी हुन् ।
शुक्रबार प्रधानमन्त्रीमा नियुक्त भएसँगै कार्कीले आज मात्रै पदभार ग्रहण गरेकी छन् । साथै उनले मन्त्रिमण्डल गठनको तयारी समेत गरेकी हुन् ।
महान्यायाधिवक्तालाई सरकारको कानुनी सल्लाहकारको रुपमा हेरिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया