तोसिमाले पार्टीबाट राजीनामा दिन लागेकी हुन् ?

लोकपथ
1.3k
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ डा. तोसिमा कार्कीले आफूले पार्टी नछाडेको स्पष्टीकरण दिएकी छिन् ।

रास्वपा अर्की नेतृ सुमना श्रेष्ठले राजीनामा दिएपछि तोसिमाले पनि राजीनामा दिन लागेको खबर बाहिरिएपछि उनले स्पष्टीकरण दिएकी हुन् ।

उनले आफूले राजीनामा दिन लागेको हो या होइन भन्ने लगायतका आफ्ना विषयमा आफूलाई सोधेर मात्रै समाचार बनाउन समेत आग्रह गरेकी छन् ।

अहिले देश विक्षिप्त अवस्थामा रहेको उल्लेख गर्दै उनले हरेक नागरिकले देशका लागि के गर्न सकिन्छ भनेर मनन गर्ने बेला आएको बताइन् ।

‘तोसिमा कार्कीले पार्टी छोड्यो भनेर समाचार बनाउन भ्याइसक्नु भएछ । अरे यार, कम्तिमा मेरो बारेमा लेख्दा मलाई त सोध्ने गर्नुस्,’ उनले भनेकी छन्, ‘तोसिमाले के गर्छ या गर्दैन भन्ने चिन्ता लिनुको साटो देश यस्तो विक्षिप्त अवस्थामा पुगेको छ, आफूले चाँही यो देशमा के गर्न सक्छु भनेर सोच्नुहोला । यो देश भौतिक रुपले, मानसिक र भावनात्मक रुपले हामीले सोच्दै नसोचेको अवस्थामा पुगेको छ । विक्षिप्त भएको छ । देश शून्यबाट उठाउनुभएको छ ।’

आज नै रास्वपाबाट सुमनाले राजीनामा दिएकी छन् । पार्टी नेतृत्वप्रति असन्तुष्टि जनाउँदै सुमनाले राजीनामा दिएपछि अन्य असन्तुष्ट नेताहरु समेत बाहिरन सक्ने आशंका गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?