काठमाडौं । जेनजी समूहमा को असली भन्ने सम्बन्धमा विरोध सुरु भएको छ । आन्दोलन गर्ने समयमा सुदन गुरुङ आन्दोलनमा नआएको र र अहिले भाग खोजेको भन्दै विरोध भएको हो ।
सुदन गुरुङको सम्बन्धमा विविध टीकाटिप्पणी आएपछि आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सुदन गुरुङ समूहले आफू जेनजी नभएको तर जेनजी समूहको परिचालन र नेतृत्व आफूले लिएको बताएका हुन् ।
गुरुङले पहिले जेनजी भन्दा पनि नेपाली भएर हेर्नुपर्ने र यो आन्दोलन र बलिदानको हिस्सा सबैले लिनुपर्ने बताए ।
यो ८० वर्षमा नभएको परिवर्तन भएको भन्दै यसलाई स्वागत गर्नुपर्ने गुरुङले बताए ।
गुरुङले आफू जेनजी भएको कारण आन्दोलनको नेतृत्व गरेको नभई भ्रष्टाचार र अनियमितताविरुद्ध लागेको बताए । उनले भने, ‘म जेनजी भएर आन्दोलनमा आएको होइन, जेनजी भएको कारण नेतृत्व गरेको होइन । मलाई जेनजी सेनजी थाहा छैन, म हेल्प गर्न गएको हो ।’
पत्रकार सम्मेलनको सुरुवातमै सुदनविरुद्ध नाराबाजी भएको थियो । सुदन नक्कली जेनजी भएको भन्दै उनले आन्दोलनको उपलब्धि मात्रै लिन खोजेको बताए ।
कार्यक्रमको सुरुवातमै आन्दोलनको नेतृत्वको कसले गर्यो भन्ने सम्बन्धमा नाराबाजी भएको थियो । कार्यक्रममा आन्दोलनको नेतृत्व सुरुमा मिराज ढुङ्गानाले गरेको भन्दै मिराज ढुङ्गाना कहाँ छन् भनेर खोजी भएको थियो ।

जवाफमा गुरुङले ढुङ्गाना कहाँ छन् भन्ने प्रश्नको स्पष्ट जवाफ नदिए पनि आन्दोलन उनीहरूले पनि गरेको जवाफ दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया