मोरङमा कार्यालय प्रमुखहरूको बैठक, क्षतिको मूल्याङ्कनपछि सेवा सुरु गरिने

लोकपथ
329
Shares

विराटनगर । मोरङ जिल्लास्थित विभिन्न सरकारी कार्यालयका प्रमुखहरूको बैठकले जेनजी प्रदर्शनका क्रममा भएको क्षतिको मूल्याङ्कन गरेर छिट्टै सेवा प्रवाह थाल्ने निर्णय गरेको छ ।

बैठकपछि प्रमुख जिल्ला अधिकारी (प्रजिअ) इन्द्रदेव यादवले सम्बन्धित कार्यालयहरूले क्षतिको विवरण सङ्कलन गरी रकम यकिन गर्ने, त्यसको मूचुल्का तयार गर्ने र सकेसम्म चाँडै सेवा प्रवाह पुनः सुरु गर्ने व्यवस्था मिलाइने जानकारी दिए । सेवा प्रवाह तत्काल दिन नसकिने अवस्थामा भने सेवाग्राहीलाई तुरुन्त जानकारी गराइने उनको भनाइ थियो ।

उनका अनुसार जिल्ला प्रशासन, मालपोत र नापी कार्यालय सञ्चालन नभएसम्म वडा कार्यालयमार्फत सिफारिस नदिन भनिएको छ । जनजीवनलाई सामान्य अवस्थामा फर्काउन निरन्तर समन्वय र सञ्चार गर्ने विषयमा पनि बैठकमा छलफल भएको प्रजिअ यादवले बताए ।

बैठकमा सहभागी कार्यालय प्रमुखहरूले आजैदेखि कामलाई सहज बनाउन प्रतिबद्धता व्यक्त गरेका छन् । क्षतिग्रस्त भए पनि बाँकी रहेका सटरहरू प्रयोग गरी सेवा दिन सुरु गरिएको प्रजिअ यादवले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?