काठमाडौं । भदौ २३ र २४ गते जेनजी प्रदर्शनपछि सिर्जित परिस्थितिका कारण देशभरका विभिन्न कारागारबाट भागेका कैदीबन्दीमध्ये ३,७२३ जनालाई पक्राउ गरिएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक विनोद घिमिरेले भने,‘ पक्राउ गरिएका कैदीबन्दीलाई कारागारमा ल्याइएको छ भने अझै १०,३२० जना फरार रहेको छ ।’
उनका अनुसार कतिपय फरार कैदीबन्दी भारततर्फ भाग्न खोजिरहेका बेला भारतीय प्रहरीले समातेर नेपाल फर्काएका छन् भने अन्यलाई नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीले नियन्त्रणमा लिएका छन् ।
प्रवक्ता घिमिरेले केही कैदीबन्दी आफैँ फिर्ता भएर कारागार आएका पनि बताए । उनले नागरिकहरूलाई आवश्यक सतर्कता अपनाउन र कैदीबन्दीबारे कुनै जानकारी भए नजिकको प्रहरी कार्यालय वा सुरक्षा निकायमा जानकारी दिन अनुरोध पनि गरेका छन् ।
पक्राउ अभियान अहिलेसम्म जारी रहेको छ र सुरक्षा निकायहरूले फरार कैदीबन्दीको खोजीलाई तीव्रता दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया