माओवादी केन्द्रकी उम्मेदवार पेस्तोलसहित पक्राउ !

काठमाडौं, २१ कात्तिक – गोरखामा माओवादी केन्द्रकी उम्मेदवार नै पेस्तोलसहित पक्राउ परेका छन् । माओवादी केन्द्रकी समानुपातिक उम्मेदवार सुशीला सिम्खडा पेस्तोल र ३ राउण्ड गोली सहित प्रहरी नियन्त्रणमा परेकी हुन् उनी चढेको बा ७३ प ३३८६ मोटरसाइकल मंगलबार प्रहरीले भिमसेन गाउँपालिका ३, धावामा सवारी चेक गर्दा ९–एमएम पेस्तोल र तीन थान गोली भेटिएको जिल्ला प्रहरी प्रमुख एसपी प्रकाश अधिकारीले बताए सिंखडा मोटरसाइकलको पछाडि थिइन् । चालक भने फरार भएको अधिकारीले बताए । मोटरसाइकल चालक भिमसेन ४ कै गुणप्रसाद खनाल भएको प्रहरीले जनाएको छ अहिले उनीमाथि सोधपुछ भइरहेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?