कास्की, चितवन र म्याग्दी कारागारबाट फरार आठ कैदी पक्राउ

लोकपथ
119
Shares

 बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले विभिन्न कारागार र बालसुधारगृहबाट फरार भएका आठ जना थुनुवा तथा कैदी बन्दीलाई पक्राउ गरेको छ ।

प्रहरीले बालसुधार केन्द्र सराङकोट, चितवन कारागार, पोखरा कारागार, म्याग्दी कारागार र केन्द्रीय कारागारबाट फरार भएका बन्दी तथा थुनुवालाई नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक वसन्त पाण्डेका अनुसार, बालसुधार केन्द्र सराङकोटबाट चार जना फरार भएका थिए भने चितवन, पोखरा, म्याग्दी र केन्द्रीय कारागारबाट एक/एक जना फरार भएका थिए । पक्राउ परेकामध्ये अधिकांशलाई मालढुङ्गा चेकपोष्टबाट र केहीलाई घरबाट नियन्त्रणमा लिएको छ ।

पक्राउ परेकामध्ये चार कैदी र चार जना थुनुवा छन् । उनीमध्ये छ जना जबरजस्ती करणीका आरोपी र दुई जना ज्यान मुद्दाका आरोपी रहेका छन् । केही पक्राउ परेकालाई सम्बन्धित कारागारमा पठाइएको छ भने केहीलाई बागलुङमै राखिएको छ ।

प्रहरी नायब उपरीक्षक पाण्डेले भने, ‘जेनजी प्रदर्शनका क्रममा कारागारबाट धेरै कैदीबन्दी फरार भएका थिए, हामी फरार भएका व्यक्तिहरूलाई बागलुङबाट पनि पक्राउ गरिरहेका छौँ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?