देशका भौतिक संरचनामा ध्वस्त बनाउनेलाई कारबाही हुन्छ : प्रधानमन्त्री कार्की

लोकपथ
2.6k
Shares

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका क्रममा तोडफोडमा संलग्नहरुलाई कारबाही गर्ने बताएकी छन् ।

आज सिंहदरबारमा पदभार ग्रहण गर्दै प्रधानमन्त्री कार्कीले सो कुरा बताएकी हुन् । उनले नेपाली भएर नेपाली मार्ने र आफ्नो देशमा लुटपाट गर्नेहरुलाई राज्यले नछाड्ने बताइन् ।

‘नेपाली भएर नै यी सब कामहरु गरेका हुन् ? नेपालीले आफ्नै देशको संरचनामा ध्वस्त गर्न सक्छ । यसरी भौतिक संरचना ध्वस्त बनाउनेलाई कानुनी कारबाही हुन्छ,’ उनले भनेकी छन् ।

त्यस्तै जेनजी आन्दोलनका क्रममा मृत्यु भएकाहरुको परिवारलाई प्रति परिवार १० लाखका दरले क्षतिपुर्ति दिने निर्णय समेत भएको उनले बताइन् । त्यतिमात्र होइन घाइते परिवारलाई उचित राहतको व्यवस्था गर्ने प्रधानमन्त्री कार्कीको प्रतिबद्धता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?