प्रधानमन्त्री कार्कीलाई पाकिस्तानद्वारा बधाई

लोकपथ
217
Shares

काठमाडौं । पाकिस्तानले नेपालको अन्तरिम सरकारको प्रधानमन्त्रीमा सुशीला कार्की नियुक्त भएकोमा बधाई ज्ञापन गरेको छ ।

पाकिस्तानी प्रधानमन्त्री शेहेबाज सरिफले कार्कीलाई प्रधानमन्त्री पद सम्हालेकोमा बधाई दिँदै नेपाल–पाकिस्तान सम्बन्धलाई अझ प्रगाढ बनाउन सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

काठमाडौंस्थित पाकिस्तानी दूतावासका अनुसार प्रधानमन्त्री सरिफले पठाएको शुभकामना सन्देशमा नेपाली जनताको शान्ति, समृद्धि र प्रगतिका लागि शुभेच्छा व्यक्त गरिएको छ ।

प्रधानमन्त्री सरिफले आगामी दिनमा दुई देशबिच आपसी सहकार्य र मित्रतालाई अझ मजबुत बनाउन सकिने विश्वास पनि व्यक्त गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?