जेनजी आन्दोलन : चुच्चेपाटीको भाटभटेनीमा ६ जनाको कंकाल फेला

लोकपथ
588
Shares

काठमाडौं । राजधानीको चुच्चेपाटीस्थित भाटभटेनीमा ६ वटा मानव कंकाल फेला परेको छ । 

जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी विश्व अधिकारीका अनुसार ती शव जलेको अवस्थामा भेटिएका हुन् ।

शवको अवस्था चिन्न नसकिने भएकाले पहिचानका लागि डीएनए परीक्षण गरिने प्रहरीले जनाएको छ ।

भाटभटेनीमा जेनजी आन्दोलनको क्रममा २३ भदौमा आगजनी भएको थियो । सो क्रममा प्रहरीको गोली लागेर काठमाडौंसहित विभिन्न जिल्लामा २१ जनाको मृत्यु भएको थियो । त्यसपछि आन्दोलन उग्र बन्दै गएर भोलिपल्ट २४ भदौमा देशभर तोडफोड र आगजनी भएको थियो ।

जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा हालसम्म मृत्यु हुनेको संख्या ५८ पुगेको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?