काठमाडौं । विघटित प्रतिनिधि सभाका ८ राजनीतिक दलका प्रमुख सचेतकहरूले प्रतिनिधि सभाको बैठक तुरुन्त बोलाउन सरकारसँग माग गरेका छन् ।
सचेतकहरूले संसद विघटन जेनजी आन्दोलनको मर्म र संविधान विपरित भएको बताएका छन् ।
शनिबार जारी विज्ञप्तिमा भनिएको छ, ‘जननिर्वाचित संस्था प्रतिनिधि सभालाई विघटन गरिएको भनिएको कार्य नेपालको संविधानको धारा ७६ को उपधारा (७) सर्वोच्च अदालतबाट प्रतिपादन भएका नजीर तथा सिद्धान्तहरु एवं नेपालको संवैधानिक परम्परा विपरित रहेको छ ।’
सचेतकहरूले प्रतिनिधि सभा फिर्ता बोलाएर जनता र आन्दोलनरत समूहका माग जननिर्वाचित संस्थाबाटै सम्बोधन हुनुपर्ने बताएका छन् ।
विज्ञप्तिमा हस्ताक्षर गर्ने दलमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, जनमत पार्टी, लोसपा र नागरिक उन्मुक्ति पार्टी रहेका छन् । तर, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हस्ताक्षर गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया