भोलिबाट विद्यालयहरू खुल्ने

लोकपथ
2.8k
Shares

काठमाडौं । काठमाडौंसहित देशभरका शैक्षिक संस्था भोलिबाट खुल्ने भएका छन् ।

काठमाडौं महानगरपालिकाले जेनजी आन्दोलनका कारण ठप्प भएका विद्यालयहरू खोल्ने र पर्सिदेखि पठनपाठन सुचारु गर्न निर्देशन दिएको हाे ।

काठमाडौं बाहिरका कतिपय स्थानीय तहहरूले पनि भोलिबाटै पठनपाठन सुरु गर्ने निर्णय गरेका छन् । काठमाडौंको टोखा नगरपालिकाले मातहतका विद्यालयहरूलाई भोलिबाटै पठनपाठन सुरु गर्न निर्देशन दिएको जानकारी प्राप्त भएको छ ।

काठमाडौं महानगरले मातहतका विद्यालयहरूलाई पठाएको सूचनामा शिक्षक तथा कर्मचारीहरूले भोलि विद्यालयमा उपस्थित भएर प्रशासनिक कार्य, सरसफाइ तथा आन्दोलनका क्रममा देखिएको कुनै क्षतिको विवरण महानगरमा उपलब्ध गराउनुपर्ने निर्देश दिइएको छ । तर, विद्यार्थीहरूलाई तत्काल विद्यालयमा नआउन भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?