जेनजी आन्दोलनका घाइते भेट्न अस्पताल पुगिन् प्रधानमन्त्री कार्की

लोकपथ
252
Shares

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका क्रममा घाइते भएका युवाहरूसँग भेटघाट गरेकी छिन् ।

शनिबार उनले विभिन्न अस्पतालमा पुगेर उपचाररत घाइतेहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएकी हुन् ।

प्रधानमन्त्री कार्कीले त्रिवि शिक्षण अस्पतालको ट्रमा सेन्टर र बानेश्वरस्थित सिभिल अस्पतालमा उपचाररत युवाहरूसँग भेटेर स्वास्थ्यबारे जानकारी लिएको उनका सचिवालयले जनाएको छ ।

यस क्रममा उनले घाइतेहरूको उपचारमा कुनै कमी नहोस् भनी चिकित्सकलाई निर्देशन दिएकी छिन् ।

प्रधानमन्त्री कार्कीले आन्दोलनका क्रममा क्षतिग्रस्त भएका केही प्रहरी चौकीहरूको पनि स्थलगत अनुगमन गर्ने तयारी भएको स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?