काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले राजावादी तथा राष्ट्रवादी शक्तिहरूलाई एकताबद्ध हुन आग्रह गरेका छन् ।
उनले राजनीतिक जीवनमा उतार–चढाव आउँदा पनि आफ्ना सिद्धान्तबाट विचलित हुन नहुने बताएका हुन् ।
थापाले नेपालको भूराजनीति, धर्म, संस्कृति र परम्पराको रक्षा गर्दै राष्ट्र निर्माणमा ‘संवर्द्धनवाद’ सधैँ आवश्यक रहने बताए ।
उनले सत्यलाई आत्मसात् गर्दै बदलिँदो परिस्थितिमा आफ्नो एजेन्डाको रक्षा र बलियो राष्ट्रवादी शक्ति निर्माणमा निरन्तर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
थापाले भने, ‘विगतका सबै कटु अनुभवलाई बिर्सेर हामी एक भयौँ भने, युवाले चाहेजस्तै सबल र समृद्ध नेपाल निर्माण गर्ने शक्ति हामी नै बन्न सक्छौँ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया