काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले संसद्ले सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउन सक्ने विकल्प भए पनि त्यसो नगरिएकोमा दुःख व्यक्त गरेका छन् ।
शनिबार फेसबुक लाइभमा भट्टराईले संसद् विघटन सही उपाय नभएको बताए । उनले आन्दोलनको तयारी पर्याप्त नभएको र राज्यले सुरक्षा नदिँदा ठूलो क्षति भएकोमा खेद व्यक्त गरे ।
भट्टराईले भदौ २४ गतेको आन्दोलन जेनजी पुस्ताको काम नभएको, कसैले यसलाई आगोमा रोटी सेक्ने जस्तो बनाएकोमा दुःख व्यक्त गरे । उनले २३ र २४ गतेका घटनाको निष्पक्ष छानबिन हुनु आवश्यक रहेको पनि बताए ।
उनले भने, ‘दोषीमाथि कारबाही हुनुपर्छ र संवैधानिक बाटोबाट अघि बढ्नु पर्छ। जेनजी पुस्ताले भनेअनुसार सरकार बनाउनेमा हामी विरोध गर्दैनौँ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया