नारायणकाजी भन्छन् : ‘घोषित मितिमै आम निर्वाचन होस्’

लोकपथ
455
Shares

काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले घोषित मितिमै आम निर्वाचन सम्पन्न गर्नु आजको मूल मुद्दा हुनुपर्ने बताएका छन् । 

विभिन्न चार माग अघि सार्दै उनले पहिलो बुँदामै घोषित मितिमै निर्वाचन सम्पन्न गर्नुपर्नेमा जोड दिएका हुन् । 

पहिलो बुँदामा उनले निर्वाचन समयमा नै सम्पन्न गर्नुपर्नेमा जोड दिएका छन् । दोस्रो बुँदामा भाद्र २३ को आन्दोलनमा जनजीहरूमाथि भएको बर्बर नरसंहार र भाद्र २४ मा सिंहदरबार, शीतल निवास, सर्वोच्च अदालत लगायतका राष्ट्रिय तथा निजी संरचनामा भएको ध्वंसमा दोषीहरू छानबिन गरी कारबाही गर्नुपर्ने बताएका छन् ।

तेस्रो बुँदामा भ्रष्टाचार र अनियमित सम्पत्तिको अनुसन्धान गरी दोषीहरू विरुद्ध कारबाही गर्नुपर्ने र अनियमित रूपमा आर्जित सम्पत्ति राष्ट्रियकरण गर्नुपर्ने माग राखिएको छ। 

चौथो बुँदामा राष्ट्रिय सार्वभौमिकता, संविधान र लोकतन्त्रको रक्षाप्रति सचेत रहन सबैलाई आग्रह गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?