काठमाडौंमा कर्फ्यु र निषेधाज्ञा हट्यो, सामान्य बन्दै जनजीवन

लोकपथ
140
Shares

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लामा जारी कर्फ्यु र निषेधाज्ञा हटाउने निर्णय गरेको छ ।

प्रशासन कार्यालयले विज्ञप्ति जारी गर्दै शनिबारदेखि कर्फ्यु र निषेधाज्ञा हटाउने निर्णय गरेका हो ।

‘यस जिल्लाको पछिल्लो सुरक्षा अवस्थाको विश्लेषणको आधारमा जिल्लामा लगाइएको कर्फ्यु सुरक्षा तथा निषेधाज्ञा मिति २०८२/०५/२८ गते देखि हटाईएको छ, ’ विज्ञप्तिका लेखिएको छ, ‘ संवेदनशीलताको आधारमा मिति २०८२/०४/२६ गतेको प्रमुख जिल्ला अधिकारीको आदेश अनुसार विभिन्न स्थानमा तोकिएको निषेधित क्षेत्र सम्बन्धी आदेश भने कायमै रहेको व्यहोरा सबैको जानकारीको लागि अनुरोध छ,’ सूचनामा उल्लेख गरिएको छ ।

प्रशासनले नागरिकहरूलाई शान्तिपूर्ण वातावरणमा बस्न र सुरक्षा नियमहरूको पालना गर्न सचेत गराएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?