काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेता सुमना श्रेष्ठले नवगठित अन्तरिम मन्त्रिपरिषद्मा मन्त्री बन्न नजाने स्पष्ट पारेकी छन् ।
सुमना श्रेष्ठले सामाजिक सञ्जालमार्फत भनिन्, ‘म अन्तरिम मन्त्रिमण्डलमा जान लागेको हैन, मेरो यस सरकारप्रति पूर्ण समर्थन छ । यो सरकारलाई असफल हुने सहुलित छैन । पृष्ठभूमिमा बसेर मेरो अनुभव, सञ्जाल र समय दिएर सरकारलाई सफल बनाउनेछु, तर कुनै मन्त्रीको पद लिने छैन ।’
उनले थपिन्, ‘हरेक आन्दोलनपछि जसकोविरुद्ध आन्दोलन भएको हो, त्यही पुरानो शक्तिसँग लसपस हुँदा आन्दोलनको मर्म प्रदूषित हुन्छ । यसपालिको आन्दोलनमा म त्यसको कारक बन्दिनँ । सत्ता होइन, सेवा गर्ने, कुर्सी होइन, कर्म गर्ने, नाम होइन, काम गर्नेमा विश्वास राख्छु ।’
सुमना श्रेष्ठको यस निर्णयले सरकारमा सहभागी हुने दबाब र चर्चालाई अन्त्य गर्दै उनी संस्थागत योगदानमा केन्द्रित रहने संकेत गरेको छ ।
सुन्नुहोस्, सुमनाको भिडियो सन्देश पनि :
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया