काठमाडौं । नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले संसद् विघटनमा दलका प्रमुख नेताहरू जिम्मेवार रहेको बताएका छन् ।
सामाजिक सञ्जालमार्फत उनले आफ्नो भनाइ सार्वजनिक गर्दै भनेका छन्, ‘संसद् विघटन हुनुमा दलका प्रमुख नेताहरू जिम्मेवार छन् । पार्टीलाई व्यक्तिगत पेवा सम्झनेहरूको लागि यो ठुलो विषय नहुन सक्छ, तर इतिहासले यसको मूल्याङ्कन गर्नेछ ।’
शर्माले पार्टीको हितभन्दा व्यक्तिगत स्वार्थलाई प्राथमिकता दिनेहरूको दृष्टिले यो विषय सानो हुने बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया