गृह मन्त्रालयलाई सिंहदरबारभित्रै अर्को भवनमा सार्ने तयारी

लोकपथ
1.9k
Shares

काठमाडौं । ‘जेनजी युवाको’ प्रदर्शनका क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त भएको गृह मन्त्रालयलाई सिंहदरबार परिसरभित्रै रहेको अर्को भवनमा सारिने भएको छ ।

तत्कालका लागि मन्त्रालयलाई पुरानो सामान्य प्रशासन मन्त्रालयको भवनमा सार्ने तयारी भएको अधिकारीहरूले बताएका छन् ।

उद्योग मन्त्रालयभन्दा उत्तरतर्फ रहेको टावरयुक्त उक्त भवनलाई सुरुमा परराष्ट्र मन्त्रालय सार्ने योजना थियो । तर, प्राथमिकताका आधारमा गृह मन्त्रालयलाई तत्काल व्यवस्थापन गर्ने निर्णय गरिएको हो ।

सो भवनमा सामान्य क्षति भए पनि मर्मत सम्भार गरेर प्रयोग गर्न सकिने अवस्था रहेको अधिकारीहरूको भनाइ छ ।

भदौ २३ गतेदेखि सुरु भएको जेनजी युवाको प्रदर्शनको क्रममा भदौ २४ गते सिंहदरबारको मुख्य भवनसहित परिसरभित्र रहेका मन्त्रालयहरू, संसद् भवन, सर्वोच्च अदालत, विशेष अदालत, काठमाडौं जिल्ला अदालतलगायतमा तोडफोड र आगजनी भएको थियो । सोही क्रममा गृह मन्त्रालय पनि क्षतिग्रस्त बनेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?