प्रधानमन्त्रीलाई शुभकामना दिँदै मोदीले भने– ‘नेपालीको शान्ति, प्रगति र समृद्धिप्रति भारत पूर्ण रूपमा प्रतिबद्ध छ’

लोकपथ
1.3k
Shares

काठमाडौं । नेपालको अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् । शनिवार बिहान सामाजिक सञ्जाल एक्समार्फत् मोदीले कार्कीलाई बधाई दिएका हुन् ।

पूर्व प्रधानन्यायाधीश समेत रहेकी सुशीला कार्कीले शुक्रबार अन्तरिम सरकारमा प्रधानमन्त्रीको जिम्मेवारी सम्हालेकी थिइन् । त्यस लगत्तै भारतीय विदेश मन्त्रालयले समेत कार्कीलाई स्वागत गरेको थियो ।

कार्कीलाई बधाई दिँदै भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाली जनताको प्रगति, शान्ति र समृद्धिका लागि भारत पूर्णरुपमा प्रतिबद्ध रहेको समेत बताएका छन् ।

जेनजी आन्दोलनपछि नेपालमा सत्तारुढ दलका नेता केपी शर्मा ओलीले राजीनामा दिएपछि संसद् विघटन गरी नयाँ निर्वाचनको मिति समेत घोषणा भइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?