काठमाडौं । जेनजी आन्दोलन लगत्तै देखिन छाडेको फेसबुकको सेयर शनिवार बिहानबाट देखिन थालेको छ । नयाँ प्रधानमन्त्री नियुक्त भएसँगै फेसबुकको सेयर पनि देखिन थालेको हो ।
जेन जी युवाहरूले गरेका प्रदर्शनको एउटा कारण सामाजिक सञ्जालमाथिको प्रतिबन्ध समेत रहेको थियो । सोही प्रदर्शनमा सोमबार १९ जनाको निधन भएपछि थप चर्किएको आन्दोलनमा त्यसको भोलिपल्ट थप व्यक्तिको मृत्यु, आगजनी र तोडफोड भएको थियो । पहिलो दिनको आन्दोलन लगत्तै फेसबुकले समाचार सेयर भएको नदेखिने बनाएको थियो ।
तीन दिन बन्द गरेको उक्त फिचर शनिवार बिहानैदेखि देखिने बनाइदिएको छ ।
यस सम्बन्धमा फेसबुकले किन नदेख्ने बनाएको वा नदेखिएको भनी केही बताएको छैन । यस्तो बन्द नेपालमा मात्रै गरिएको थियो कि अन्य देशमा पनि थियो भन्ने खुलेको छैन ।
यद्यपि शुक्रबार राति पूर्व प्रधानन्यायाधीश सुशिला कार्की प्रधानमन्त्रीमा नियुक्त भएसँगै शनिवार बिहानबाट फेसबुकको सेयर बटन यक्टिभ भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?











प्रतिक्रिया