एमाले महासचिव पोखरेल भन्छन्– ‘संसद विघटन विडम्बनापूर्ण’

लोकपथ
1.9k
Shares

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले प्रतिनिधि सभा (संसद) विघटन विडम्वनापूर्ण रहेको बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले सो कुरा बताएका हुन् । उनले विगतमा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनको कुरा समेत स्मरण गराएका छन् ।

यसअघि ओलीले २–२ पटक असंवैधानिक रुपमा संसद विघटन गरेका थिए । सो क्रममा सर्वोच्च अदालतले त्यसलाई उल्ट्याएको थियो । पोखरेलले त्यसबेला असंवैधानिक भन्दै अदालतले उल्ट्याएको र अहिले संसद विघटन हुन् विडम्बनापूर्ण रहेको बताए ।

‘विगतमा बहुमतको प्रधानमन्त्रीले संसद् विघटन गर्दा त्यसलाई असंवैधानिक भन्दै मुद्दा हाल्ने र फैसला सुनाउनेहरू अहिले स्वयं विघटनतर्फ अग्रसर हुनु विडम्बनापूर्ण विषय हो। त्यसैले सतर्क रहौँ,’ उनले भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?