काठमाडौं । आगामी ६ महिनाभित्र संसद्को नयाँ निर्वाचन हुने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीलाई ६ महिनाभित्र संसद्को निर्वाचन गराउने गरी प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।
नवनियुक्त प्रधानमन्त्री कार्कीलाई नयाँ जनादेशका लागि आगामी ६ महिनाभित्र प्रतिनिधिसभाको नयाँ निर्वाचन गराउने गरी जिम्मेवारी तोकिएको छ ।
नवगठित सरकारले आगामी फागुन महिनाभित्र प्रतिनिधिसभाको निर्वाचन गराएर नयाँ जनप्रतिनिधि चयन गराउनुपर्नेछ ।
शपथ ग्रहणका क्रममा राष्ट्रपति पौडेलले संविधानको कुरा धारा अन्तर्गत कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्, त्यो खुलाइएको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया